धरान ७ को वडाध्यक्षमा एक भोटले नेकपा विजयी

धरान ७ को वडाध्यक्षमा एक भोटले नेकपा विजयी


धरान,
उपनिर्वाचन अन्र्तगत धरान उपमहानगरपालिकाको मेयर पदमा जित सुनिश्चित गरेको नेपाली कांग्रेसले वडा नं ७ को वडाध्यक्ष भने गुमाएको छ।

यहाँ नेकपाका जीवनराज सुवेदीले ६२२ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सूवर्ण मोहन पालिखेले ६२१ मत प्राप्त गरेका छन्।

नेपाली कांग्रेसले यहाँको मतगणनामा धाँधली भएको र पुन मतगणना गर्नुपर्ने माग गरेको छ। तर मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन परिणाम घोषणा भइसकेको र पुनःगणना गर्न नसकिने जनाएको छ।

Logo