दुई लाख ५० हजार घुससहित इन्जिनीयर पक्राउ

दुई लाख ५० हजार घुससहित इन्जिनीयर पक्राउ

केन्द्रबिन्दु
0
Shares

धनगढी,

शहरी विकास तथा भवन निर्माण विभाग, सङ्घीय आयोजना कार्यान्वयन एकाइ धनगढीका इन्जिनीयर त्रिलोक जोशीलाई शुक्रबार घुस रकमसहित पक्राउ गरिएको छ ।

ठेक्काको काममा कमिशन मागेको भन्ने सूचनाका आधारमा खटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले इन्जिनीयर जोशीलाई दुई लाख ५० हजार घुससहित पक्राउ गरेको सो कार्यालयका सूचना अधिकारी टोपबहादुर बिष्टले जानकारी दिनुभयो ।

Logo