काठमाडौं,
केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका टप ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।
आजका टप ५ समाचारहरु मध्ये नेपालमा हुन लागेको साग गेमको तयारी पूरा भएको समाचार प्रमुख छ । यस्तै गर्भमा रहेको भ्रुणको पेट भित्रपनि भ्रुण रहेको अनौठो समाचारले पनि आज प्रमुखता पाएको छ ।
यस्तै सरकारले गतवर्ष शुरु गरेको सामाजिक सुरक्षा कार्यक्रममा सरकारी र निजी कर्मचारीलाई विभेद गरेको समाचार पनि आज केन्द्रबिन्दु टप ५ समाचारभित्र परेको छ । यता भूकम्पले ध्वस्त धरहराको पूनर्निर्माणका लागि दैनिक १५० कामदार खटिएको समाचार पनि मुख्य समाचारको रुपमा आएको छ । नेपाल विष्फोटक पद्धार्थ उत्पादनमा आत्मनिर्भर रहेको समाचार पनि आज चर्चामा छ । हेरौं यो भिडियोमा :





























प्रतिक्रिया