काठमाडौं,
गएराति काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प गएको हो ।
राति १० बजेर ८ मिनेट जाँदा सिन्धुपाल्चोकको फुल्पिङ्गकोट केन्द्रविन्दु भएर ५ म्याग्निचूडको भूकम्प गएको भूकम्प मापन केन्दले जनाएको छ । सिन्धुपाल्चोक र काभ्रेमा ठूलो धक्का महसुस भएको स्थानीयले बताएका छन् । काठमाडौं उपत्यकामा पनि ठूलै धक्का महसुस गरिएको थियो ।































प्रतिक्रिया