अजय मिश्र, कृष्णनगर । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १ शिवानगरबाट सशस्त्र प्रहरी बल ३९ नं गुल्म कृष्णनगरले अवैध कपडा बरामद गरेको छ।
सशस्त्र प्रहरी बल कृष्णनगर गुल्मबाट खटिएको मोबाइल टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट अवैध रूपमा नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा उक्त कपडा समातिएको हो। जसमा लेडिज सुट, ऊनको सुइटर, चप्पल , जुत्ता, गलबन्दी र कस्मेटिक सामान रहेको छ।
उक्त सामान आवश्यक कार्यवाहीका लागि कृष्णनगर भन्सार कार्यालय पठाइएको जानकारी सशस्त्र प्रहरी बल नं ३९ गुल्म कृष्णनगरले दिएको छ। उक्त समानको मूल्य करिब एक लाख छत्तीस हजार नौ सय पन्चान्नब्बे (१,३६,९९५/-) पर्ने कुरा सशस्त्र प्रहरी बल ३९ नं गुल्म कृष्णनगरका गुल्मपती सशस्त्र प्रहरी नायब उपरिक्षक सुशील कुमार शाहीले जानकारी दिएका छन्।





























प्रतिक्रिया