काठमाडौं,
मंगलबार एपेन्डिक्सको समस्या देखिएपछि अस्पताल पुर्याइएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा आज सुधार आएको छ ।स्वास्थ्यमा सुधार आएपछि उनलाई भेन्टिलेटरबाट हटाइएको छ । हिजोभन्दा प्रधानमन्त्रीको स्वास्थ्यमा आज क्रमशः सुधार आएकाले भेन्टिलेटर हटाइएको हो ।
पेट दुखेपछि मंगलबार बिहान चेकजाँचका लागि शिक्षण अस्पताल पुगेका ओलीको एपेन्डिक्समा समस्या देखिएपछि हिजो नै शल्यक्रिया गरिएको थियो । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उनको शल्यक्रिया भएको हो। प्रधानमन्त्री ओलीलाई केहीदिन हस्पिटलमै रही आराम गर्नुपर्ने चिकित्सकहरुले सल्लाह दिएका छन् ।





























प्रतिक्रिया