पप्पु कन्सट्रक्सनलाई कालोसूचीमा राख्न सिफारिस

पप्पु कन्सट्रक्सनलाई कालोसूचीमा राख्न सिफारिस

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले पप्पु कन्सट्रक्सनले तीनकुनेको आर्क पुल सम्झौता अनुसार निर्माण नगरेको भन्दै ठेक्का तोडेर उसलाई कालोसूचीमा राख्न सिफारिस गरेको छ।

ठेकेदार कम्पनी पप्पुले तिनकुनेमा निर्माणाधीन आर्क ब्रिज अलपत्र पारेको भन्दै आयोजनाले एकतर्फी रुपमा ठेक्का तोडेर कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गरेको हो।

आयोजनाका प्रवक्ता विश्वविजयलाल श्रेष्ठले ठेकेदार कम्पनीले पुल निर्माणमा गम्भीर गल्ती गर्नुको साथै आयोजनाको निर्देशन बारम्बार अटेर गरेकाले ठेक्का तोडेको बताए । ‘एकतर्फ आयोजनाले ठेकेदार कम्पनीलाई गल्ती सुधार्न निर्देशन दिँदा बारम्बार अटेर ग¥यो, अर्कातिर उसले समयमै पुल निर्माण नगरेकाले ठेक्का सम्झौता अनुसार नै रद्द गरेका हौं,’ उनले भने, ‘हामीले सम्पूर्ण प्रक्रिया पूरा गरेर ठेक्का तोडेका हौं।अब कालोसूचीमा राख्ने काम खरिद कार्यालयको हातमा छ।’

प्रवक्ता श्रेष्ठका अनुसार आयोजनाले ठेकेदार कम्पनीले मोबिलाइजेसन रकम लिनको लागि राखेको एडभान्स पेमेन्टबापतको दुई करोड ७७ लाख रुपैयाँ धरौटी जफत गरिएको छ। पप्पुले राखेको कार्यसम्पादन जमानत रकम (पर्फर्मेन्स बन्ड) जफत गर्नको लागि बैंकलाई अनुरोध गरिसकेको पनि प्रवक्ता श्रेष्ठले बताए ।

सडक विभागका प्रवक्ता शिवहरि सापकोटाले पनि पप्पु कन्सट्रसक्नले पुल निर्माणमा लापरवाही गरेकाले ठेक्का रद्द गरेको बताए । ‘पप्पुले पुल निर्माणमा गम्भीर त्रुटि गरेकाले सम्पूर्ण प्रक्रिया पूरा गरेर ठेक्का रद्द गरेका हौं,’ उनले भने।
नागरिकबाट

Logo