वरिष्ठ बाल साहित्यकार तथा पत्रकार विनय कसजूको निधन

वरिष्ठ बाल साहित्यकार तथा पत्रकार विनय कसजूको निधन

केन्द्रबिन्दु
0
Shares

बालवाङ्मय तथा अनुसन्धान केन्द्रका संस्थापक अध्यक्ष, वरिष्ठ बाल साहित्यकार तथा पत्रकार विनय कसजूको निधन भएको छ ।

कात्तिक १९ गतेदेखि मेडिसिटी अस्पतालको आईसीयूमा उपचार गराइरहेका कसजूको  मंगलबार निधन भएको हो ।  पाल्पाबाट निस्कने लोकप्रिय साप्ताहिक पत्रिका ‘सत्य’ को पनि प्रकाशक र सम्पादकसमेत रहेका कसजू निरंकुश पञ्चायती शासनविरुद्ध लेखेका कारण जेलसमेत परेका थिए ।

बालसाहित्यतर्फ एक सय भन्दा धेरै कृति प्रकाशन गरेका कसजूको  मुसालाई दोसल्ला र माकुरालाई मोजा, बाँसुरी बजाउने भूत, डल्फिनको गीतलगायतका कृतिहरू चर्चित छन् ।

२००४ साल असार २९ गते पाल्पाको तानसेनमा जन्मिएका कसजू राष्ट्रिय सूचना आयोगका पहिलो प्रमुख आयुक्त,  प्रेस काउन्सिलका आमन्त्रित सदस्य र राष्ट्रिय समाचार समिति सञ्चालक समितिका सदस्यका रुपमा पनि काम गरेका थिए ।

Skip This
Skip This
Logo