महाराजगञ्जस्थित मनमोहन कार्डिओथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्री केपी शर्मा ओलीको शल्यक्रिया जारी छ ।
पेट दुखेपछि मंगलबार विहान सेन्टरमा भर्ना भएका प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको हो । प्रधानमन्त्री ओलीको डाक्टर रमेशसिंह भण्डारी र दिब्या सिंह शाहले शल्यक्रिया गरिरहेका छन् ।
यसअघि प्रधानमन्त्रीको मिर्गौलाले काम गर्न छाडेपछि धापासीस्थित ग्राण्डी अस्पतालमा चार पटक डायलाइसिस गरिएको थियो । पछिल्लो पटक ओलीको गत आइतबार ग्रान्डी अस्पतालमा चौथोपटक हेमोडायलसिस गरिएको थियो।

























प्रतिक्रिया