दाङले विकासमा फड्को मारेको छः मुख्यमन्त्री पोखरेल

दाङले विकासमा फड्को मारेको छः मुख्यमन्त्री पोखरेल

केन्द्रबिन्दु
0
Shares

दाङ,

प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले दाङले विकासमा फड्को मारेको बताउनु भएको छ । दाङमा आइतबार दङ्गीशरण गाउँपालिका–२ कलमखोलामा भएको चुनावीसभामा उहाँले भन्नुभयो, “अहिले दाङमा दुई दर्जन बढी पुल निर्माण भएका छन्, अझै पनि केही पुल निर्माणको प्रक्रियामा रहेका छन् ।”

उहाँले प्रदेश नं ५ सरकारले दाङमा सडकलाई प्राथमिकता दिएकोसमेत बताउनुभयो । अहिले दामोदर सडक तथा मदनभण्डारी राजमार्ग निर्माणले गति लिएको उहाँको भनाइ छ । त्यस्तै राप्ती लोकमार्ग, तुलसीपुर–अमिलिया, लमही–घोराही, घोराही–तुलसीपुर सडकखण्ड स्तरोन्नतिको प्रक्रिया अघि बढेकोसमेत बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी प्रदेश नं ५ का इञ्चार्जसमेत रहनुभएका पोखरेलले दुई वर्षमा सरकारले उल्लेख्य काम गरेको बताउनुभयो । साथै उहाँले अहिलेको निर्वाचनमा नेकपा तर्फबाट दाङ क्षेत्र नं ३ को प्रदेशसभा–२ मा उम्मेदवार बन्नुभएका विमला ओलीले जीत हात पार्नेसमेत बताउनुभयो ।

Logo