डायलासिसका लागि प्रधानमन्त्री ओली ग्रान्डी अस्पतालमा

डायलासिसका लागि प्रधानमन्त्री ओली ग्रान्डी अस्पतालमा


 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौलाको डायलासिसका लागि आइतबार दिउँसो ग्रान्डी अस्पताल पुगेका छन् ।

प्रधानमन्त्री ओली होमोडायलसिसका लागि ग्रान्डी अस्पताल पुगेका हुन् । यसअघि कात्तिक ३० गते तेस्रो पटक प्रधानमन्त्री ओलीले मिर्गौलाको डायलासिस गराएका थिए ।

१२ वर्ष अगाडि प्रधानमन्त्री ओलीको मिर्गौलाको प्रत्यारोपण भएको थियो। चिकित्सकहरूले उनलाई डायलासिस वा मिर्गौलाको दोस्रो प्रत्यारोपणको विकल्प दिएका छन्।

Logo