शान्ति प्रकृयालाई टुंगोमा पुर्‍याउन सरकार प्रतिवद्ध : गृहमन्त्री

शान्ति प्रकृयालाई टुंगोमा पुर्‍याउन सरकार प्रतिवद्ध : गृहमन्त्री

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

गृहमन्त्री रामबहादुर थापाले सरकार शान्ति प्रकृयालाई टुंगोमा पुर्‍याउन प्रतिवद्ध रहेको बताउनु भएको छ ।

नेपाली जनताको एकतालाई अझ सुधृढ गर्नको निम्ति सरकारले शान्ति प्रकृयालाई छिट्टै टुङ्ग्याउने गरी काम गरिरहेको जानकारी गृहमन्त्री थापाले दिनुभयो । काठमाडौंमा आयोजित ‘अन्तर्राष्ट्रिय बौद्ध एकता सम्मेलन’लाई सम्बोधन गर्दै गृहमन्त्री थापाले सरकारले राखेको समृद्ध नेपाल सुखी नेपालीको आकांक्षालाई हासिल गर्न पनि शान्ति आवश्यक रहेको बताउनुभयो । गृहमन्त्री थापाले देशमा अशान्ति फैलाउने तत्वहरु देखिएपनि सरकार शान्ति सुव्यवस्था कायम गर्न सक्षम रहेको समेत बताउनु भयो ।

उहाँले सरकारले सुशासन र राष्ट्रिय एकतालाई जोड दिएकाले यसलाई प्राप्त गर्न भगवान बुद्धका सन्देशलाई आत्मसाथ गर्नुपर्ने बताउनुभयो । सम्मेलनमा नेपाली कांग्रेसका नेता तथा सांसद भिमसेनदास प्रधानले बुद्धका सन्देशहरुलाई सरकार तथा राजनीतिक दलहरुले आत्मसाथ गर्न सके मुलुकमा शान्ति कायम रहने बताउनुभयो । विभिन्न देशबाट सहभागि रहेका बौद्ध भिच्छु लामाहरुको यो सम्मेलन दुई दिन सम्म चल्नेछ ।

Skip This
Skip This
Logo