प्रदेश नं ३ : मन्त्रिपरिषद्को महत्वपूर्ण सात निर्णय

प्रदेश नं ३ : मन्त्रिपरिषद्को महत्वपूर्ण सात निर्णय

केन्द्रबिन्दु
0
Shares

हेटौंडा,

प्रदेश नं ३ सरकारको पछिल्लो मन्त्रिपरिषद्को बैठकले विभिन्न सात वटा महत्वपूर्ण निर्णयहरु गरेको छ ।

प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलका अनुसार बैठकले प्रदेश नं ३ लोकसेवा आयोगका अध्यक्ष र सदस्यहरुको सेवा सुविधा सम्बन्धी विषयलाई समेट्ने गरी तयार पारिएको प्रदेश लोकसेवा आयोग ऐन २०७६ संसोधन गर्ने, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत स्टेरिङ कमिटी गठन गर्ने निर्णय गरेको छ । यस्तै प्रदेश पूर्वाधार कम्पनी लिमिटेडमा प्रदेश सरकारले लगानी गर्ने र सङ्घीय सरकारलाई पनि लगानी गर्नका लागि अनुरोध गर्ने, दूग्ध विकास नियमावली ०७६ स्वीकृत गर्ने, प्रदेश आर्थिक कार्याविधि ०७६ स्वीकृत गर्ने र स्थानीय तहलाई समपूरक अनुदान दिने पनि निर्णय गरिएको छ ।

मन्त्रिपरिषद् बैठकले प्रदेश लोकसेवा आयोगको अस्थायी सङ्गठन संरचना स्वीकृत गर्ने निर्णय गरेको मन्त्री ढुङ्गेलले बताउनुभयो । मन्त्रिपरिषद्को बैठक दुई दिन अघि बिहीबार नै बसेको भए पनि बैठकले गरेको निर्णय शनिबार मात्रै सार्वजनिक गरिएको हो । यसअघि बैठक लगत्तै सञ्चारकर्मी माझ निर्णय सार्वजनिक गर्ने चलन रहेकोमा पछिल्लो समयमा भने बैठकको एक वा दुईदिनपछि मात्रै जानकारी दिने गरिएको छ ।

Logo