ललितपुरमा आज भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
ललितपुर महानगरपालिका–११ युएनपार्कस्थित सडकमा बा९१प १३०१ र बा ७७ प ६७९३ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाँदा उक्त घटना भएको हो ।
दुर्घटनामा बा ७७ प ६७९३ नम्बरको मोटरसाइकल चालक काठमाडौँको चाबहिलका २२ वर्षीय सत्यम भट्टराईको मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते भएका भट्टराईको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले बा ९१ प १३०१ नम्बरको मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको जनाएको छ । रासस





























प्रतिक्रिया