सीके राउतको जनमत पार्टीले राजधानीमा आज रंगभेदविरुद्धको सभा गर्ने

सीके राउतको जनमत पार्टीले राजधानीमा आज रंगभेदविरुद्धको सभा गर्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

डा सीके राउतको जनमत पार्टीले आज काठमाडौँमा रंगभेद विरुद्ध सभा तथा झाँकी प्रदर्शन गर्दैछ । अभियान स्वरुप आयोजना गरिएको यो कार्यक्रममा पार्टी अध्यक्ष सीके राउत प्रमुख वक्ता रहने भएका छन् ।

राजनीतिक उद्देश्यका लागि नभई मानवीय भावनाले आयोजना गरिएको कार्यक्रमलाई रंगभेदविरुद्ध एकतासभा तथा सांस्कृतिक विविधता झाँकी प्रदर्शन नाम दिइएको छ ।

कुनै पनि व्यक्तिमाथि उसको छालाको रंगकै आधारमा विभेद हुन नहुने र यो दण्डनीय अपराध रहेकाले त्यसप्रति सचेतना जगाउनका लागि कार्यक्रम केन्द्रित हुने बताइएको छ।

Logo