प्रदेश नं ५ को राजधानी रुपन्देहीमै हुनुपर्छ : काँग्रेस नेता शाह

प्रदेश नं ५ को राजधानी रुपन्देहीमै हुनुपर्छ : काँग्रेस नेता शाह

केन्द्रबिन्दु
0
Shares

रुपन्देही,

नेपाली काँग्रेसका नेता तथा प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले प्रदेश नं ५ को राजधानी रुपन्देहीमै हुनुपर्ने बताउनु भएको छ । उहाँले काँग्रेस नेतृत्वको सरकारले सबै जिल्लाको केन्द्र मानेर बुटवललाई अस्थायी राजधानी तोकेका कारण अब यो ठाउँलाई नै स्थायी राजधानी घोषणा गर्नुपर्ने धारणा राख्नुभयो ।

रिपोर्टर्स क्लब प्रदेश नं ५ बुटवलले शुक्रबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले आर्थिक विसङ्गति रोक्न सार्वजनिक लेखा समितिले पहल गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिलेदेखिको गोलमाल भएको हिसाब मिलान, कारवाही, असुल उपर, बेरुजु फछ्र्यौट लगायतका प्रक्रियामा क्रियाशील भएर काम गरिरहेका छौँ ।” सरकारले गरेका एकएक कामको लेखाजोखा भइरहेको भन्दै उहाँले कुनै पनि पदमा रहेकालाई आर्थिक हिसाब हिनामिना गर्ने अधिकार नहुने उल्लेख गर्नुभयो ।

नेता शाहले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले तोडफोडको राजनीति नगर्ने भन्दै सरकार गल्ती कमजोरी सच्चाएर अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।

Logo