काठमाडाैं । काठमाडौं उपत्यकाभित्र राति ८ बजेभन्दा अघि टिपर गुड्न नपाउने भएको छ । धुलिखेल र नागढुंगाबाट रातिको ८ बजेपछि मात्र उपत्यकाभित्र छिर्न नपाउने जनाएको छ ।
टिपरका कारण सडक जाम हुने, ट्राफिक व्यवस्थापनमा समस्या हुनुका साथै दुर्घटना बढेपछि विभागले लोड गरिएका टिपर उपत्यकाभित्र ८ बजेपछि मात्र भित्रिन पाउने व्यवस्था गरेको हो ।
सूचना जारी गर्दै विभागले सडक सुरक्षा र ट्राफिक व्यवस्थापनलाई ध्यानमा राखेर टिपर तथा ट्रकलाई धोएर सुकेपछि मात्र उपत्यकाभित्र छिर्न निर्देशन दिइएको छ । टिपरमा लोड गरिएका बालुवाको पानी चुहिएर सडक विग्रने भएकाले र सडकमा टिपर पार्किङ गरेर सडकमा आवागमनमा असर पु¥याएकाले यी दुबैकार्य गर्न पनि निषेध गरिएको जनाएको छ । निर्देशन कार्यान्वयनमा अटेर गर्ने टिपर सञ्चालकलाई कारबाही गर्ने विभागले बताएको छ ।





























प्रतिक्रिया