फुटबलका ४ स्टार खेलाडी निलम्बनमा

फुटबलका ४ स्टार खेलाडी निलम्बनमा

केन्द्रबिन्दु
0
Shares

अखिल नेपाल फुटबल संघ (एन्फा)ले चार जना स्टार नेपाली फुटबल खेलाडीलाई राष्ट्रिय टीमबाट निलम्बन गरेको छ ।

यसरी निलम्बन हुनेमा फर्वार्ड विमल घर्तीमगर, मिड फिल्डरद्धय अन्जन विष्ट र सन्तोष तामाङ तथा डिफेन्डर दीनेश राजवंशी रहेका छन् । एन्फा प्रवक्ता किरण राईका अनुसार उनीहरुलाई अनुशासनको कार्यवाही गरिएको हो ।

विश्वकप २०२२ को छनोट खेल खेलिरहेको नेपाली टीमका स्टार खेलाडीलाई किन कारबाही गरियो भन्ने केन्द्रबिन्दुको जिज्ञासामा प्रवक्ता राईले भने – ‘मध्यरातमा विभिन्न क्लबमा झगडा गर्दै हिडेको हुनाले कारबाही गरिएको हो ।’

एन्फाले खेलाडीहरुलाई यसअघि पनि चेतावनी दिइरहेको तर अटेर गरेर अराजक हुँदै गएपछि कारबाही गरिएको वताइएको छ । मध्यरातमा बेहोस अवस्थामा ठमेलका विभिन्न क्लबमा झगडा गरेपछि प्रशिक्षक योहान कालीनसँग परामर्शगरी टिमबाट निलम्बन गरिएको स्रोतले जनाएको छ ।

Logo