काठमाडौं,
राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्ध नेपाल निर्माण गर्ने नेपालीको आकांक्षा साकार पार्ने दिशामा हरसम्भव सहयोग उपलब्ध गराउन अवैतानिक वाणिज्यदूतहरूलाई आग्रह गर्नुभएको छ ।
नेपालस्थित अवैतनिक वाणिज्यदूतहरूको सङ्गठन र वाणिज्यदूतहरूको विश्व सङ्गठन (एफआइसिएसी) को क्षेत्रीय सम्मेलनमा भाग लिन आएका अवैतनिक वाणिज्यदूतहरूसँग विहिबार अपराह्न राष्ट्रपति कार्यालय, शीतल निवासमा भएको सामूहिक भेटमा उहाँले नेपालको प्रतिष्ठा वृद्धिमा वाणिज्यदूतहरूले निर्वाह गर्नुभएको भूमिकाको मुक्तकण्ठले प्रशंसा गर्नुभयो ।
अवैतनिक वाणिज्यदूतहरू नेपालका विद्वतवर्ग मात्र नभएर नेपाल भ्रमण वर्ष २०२० का सद्भावनादूतसमेत भएकाले उक्त राष्ट्रिय महायज्ञलाई सफल पार्न अनुरोध गर्नुभएको एचसिसीएनका डीन प्रदीपकुमार श्रेष्ठले बताउनुभयो ।
राष्ट्रपतिले एचसिसीएनका सदस्यहरूको परिचय समेटेर प्रकाशन गरिएको ‘ह्याण्डबुक’ को विमोचन गर्नुभयो । डीन श्रेष्ठले एचसिसीएनका गतिविधिबारे जानकरी गराउनुभएको थियो ।
रासस





























प्रतिक्रिया