काठमाडौं उपत्यकामा आज २१८ जना कोरोना संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज २१८ जना कोरोना संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

काठमाडौं उपत्यकामा आज २१८ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आज काठमाडौंमा १४७, भक्तपुरमा २२ र ललितपुरमा ४९ संक्रमित थपिएका छन् ।

यससँगै काठमाडौंमा अब ९६ हजार १७७ जना कोरोना संक्रमित छन् । भक्तपुरमा ८ हजार ८०३ जना कोरोना संक्रमित छन् । ललितपुरमा १५ हजार ११७ जना कोरोना संक्रमित छन् । अब उपत्यकामा कूल संक्रमितको संख्या १ लाख २० हजार ७४६ पुगेको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५८ हजार ८४० जना पुगेको छ । आज ६५९ जना नयाँ संक्रमित थपिएका छन् ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८३२ पुगेको छ । आज मात्र ७ जनाको मृत्यु भएको छ ।

कोरोनाबाट देशभर निको हुनेको संख्या २ लाख ५० हजार ५८१ पुगेको छ । आज निको हुनेको संख्या ७१८ रहेको छ ।

आजको पिसिआर परीक्षण ५ हजार ५७८ रहेको छ । आजसम्म जम्मा पिसिआर परीक्षण १९ लाख १५ हजार २३२ रहेको छ । आज ६ हजार ४२७ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।

Logo