एक बुक तासको मूल्य एक लाख, खेलअघि नै हारजित थाहा हुने

एक बुक तासको मूल्य एक लाख, खेलअघि नै हारजित थाहा हुने


के तपाई तास खेल्दै हुनुहुन्छ ? उसो भए सावधान ! नेपालमा सेन्सरसहितको तास भित्रिएको छ । जुवातास खेल्दा हारजित हुनु स्वाभाविक हो । तर, यदि तपाईले खेल्दै गरेको तास सेन्सरसहितको भएमा अथवा तपाईको साथीले सेन्सर सामाग्री प्रयोग गरेमा तपाईको हार पक्का छ ।

प्रहरीले तासमा प्रयोग हुने सेन्सरका विभिन्न सामागीहरु एकजनालाई पक्राउ गरेपछि नेपालमा सेन्सरसहितको तास भित्रिरहेको खुलेको हो । प्रहरीले यस्ता सामाग्रीसहित सर्लाहीका शीरबहादुर कार्कीललाई पक्राउ गरेको हो ।

प्रहरी कार्कीलाई काठमाण्डौ महानगरपालिका १४ सोल्टी दोबाटोमा बा. ७३ प ५१२२ नम्बरको स्कुटरलाई चेकजाँच गर्दा १२ प्याकेट विद्युतीय डिभाडस जडित तास र नगद ८० हजार फेला शंकापस्द रूपमा फेला परेको थियो ।

घटनाको अनुसन्धानको क्रममा कार्कीको कोठा खानतलासी गर्दा भारतिय रूपैयाँ नगद ६ हजार, मुक्तिनाथ विकास बैंकको ५ लाखको चेक , बैक अफ काठमाण्डौको ६ लाखको चेक , विभिन्न कम्पनीको मोबाईल १५ थान, डिभाईस जडित पर्स, बेल्ट, घडी, चस्मा, कपडाको बाउला गरी २५ थान यसैगरी तास ४ बोरा खुल्ला तास १०० बण्डल, जेटिएस ३६१ लेखिएको डिभाइस ५ बट्टा, सिभिके लेखिएको डिभाइस २ बट्टा, डिके लेखिएको डिभाइस १ बट्टा, इलेक्ट्रिक चुरोट १ बट्टा, डिभाइस रिमोट २४ थान, डिभाइस जडित एलइडी लाइट १ थान, डिभाइस जडित १००० को नोट ५ थान, पहेलो रंगको इयरपिस १२५ थान, डिभाइस जडित इयरपिस १० थान, म्याग्नेट ५ थान, चस्मा ४ थान, डिभाइसको ब्याट्रि १६८ पिस, डिभाइसको ब्याट्रि१२८ लेखिएको २० बट्टा, पावर ड्यामेज १, लेन्स थान ४५, इलेक्ट्रिक हेल्प वाच १ थान, केओ लेखिएको इयरपिस ४ थान, भाइब्रेटर ६ थान, डिभाइस जडित कालो टिसर्ट १२ थान, डिभाइस जडित सर्ट १५ थान, मोबाइलको ब्याट्रि ५० थान समेत बरामद गरेको छ ।

घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

चीनबाट ल्याइने यस्तो सामाग्री प्रतिसेट एक लाख रुपैयाँसम्म पर्ने बुझिएको छ । यस्तो सामाग्री तास खेल्नेहरुले साथमा राखेपछि कसलाई कुन तास परेको छ भन्ने सहजै थाहा हुने गर्छ । पछिल्लो समय क्यासिनो जानेहरुले यस्तो सेन्सर प्रयोग गर्ने गरेको पनि पाइएको छ ।

Logo