ल्हासा–काठमाडौं उडान बन्द

ल्हासा–काठमाडौं उडान बन्द

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

सरकारले नेपाल भ्रमण वर्ष सन् २०२० लाई लक्षित गर्दै नेपाल उडान भर्ने विदेशी हवाई सेवा प्रदायक कम्पनी र मुलुकको संख्या बढाउने कूटनीतिक पहल गरिरहेका बेला चीनको ल्हासा हुँदै आएको उडान भने रोकिएको छ।

गत महिना चिनियाँ राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमणमा नेपाल आउने सो मुलुकका पर्यटकको संख्या बढाउने द्विपक्षीय छलफल भएको चर्चा सेलाउन नपाउँदै चिनियाँ राष्ट्रिय ध्वजावाहक एयरलाइन्सले ल्हासा–काठमाडौं उडान रोकेको हो। चिनियाँ राष्ट्रिय ध्वजावाहक सो एयरलाइन्सले कात्तिक १० (गत अक्टोबर २७) गतेदेखि नेपालतर्फको सेवा स्थगित गरेको हो।

ल्हासाबाट हुने एक मात्र अन्तर्राष्ट्रिय उडान नेपालसँगको मात्रै छ। ल्हासा नेपाल–चीनबीचको सामाजिक, सांस्कृतिक र व्यापारिक सम्बन्ध जोडिएको पुरानो गन्तव्यसमेत हो। भ्रमण वर्षको पूर्वसन्ध्यामा एयर चाइनाले यो रुटमा उडान स्थगित गरेसँगै नेपाल हुँदै तिब्बत जाने तेस्रो मुलुकका पर्यटक र चीन हुँदै नेपाल आउने यात्रुलाई प्रत्यक्ष असर पर्छ।
नेपाल समाचारपत्रबाट

Logo