काठमाडौँ,
काठमाडौँमा ‘अकुपाइ टुँडिखेल’ अभियान सुरु भएको छ । शनिवार बिहान खुल्लामञ्चको चारै तर्फबाट मानवसाङ्लो बनाएर विरोधको अभियान सुरु गरिएको हो । कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता ,कलाकार, स्थानीय नागरिक, सामाजिक अभियन्ता, पत्रकार लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

भुकम्पपछि अस्थायी रुपमा प्रयोग गर्ने गरि खुलामञ्चको केहि भाग विभिन्न संघ संस्थालाई दिइएकोमा अहिले स्थायी प्रकृतिका संरचना बन्न थालेपछि बिरोध हुदै आएको छ । यसरी खुलामञ्च अरुको कब्जामा जान थालेको भन्दै अभियन्ताहरुले आजबाट अभियान सुरु गरिएको बताएका छन् । अभियानमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, नेपाली कांग्रेसका नेता तथा सांसद भीमसेनदास प्रधान, अर्का सांसद गगन थापा, प्रदेश ३ का सांसद विराजभक्त श्रेष्ठ, काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठलगायत पूर्वराजदूत हिरण्यलाल श्रेष्ठ, शिक्षाविद् केदारभक्त माथेमा लगायतको सहभागिता रहेको थियो ।

खुलामञ्चलाई अतिक्रमणबाट बचाउन तीन महिनासम्म प्रत्येक शनिबार यस्तो कार्यक्रम संचालन गर्ने पनि बताइएको छ । खुलामञ्चमा बीर अस्पतालको स्टोररुम देखि निर्माण सामग्री राख्ने गाडी पार्किङ्ग गर्ने गरिएको छ । यस्तै पुरानो बसपार्कमा भ्युटावर बनाउने भएपछि अस्थायी रुपमा शहरी बसपार्क पनि खुलामंचमा राखिएको छ त्यस्तै अनधिकृत रुपमा पार्किङ गर्ने र विभिन्न बाहानामा जमिनमा ढलान गर्ने कामसमेत भएपछि त्यसको आमसर्वसाधारणले विरोध गर्दै आएका छन् । हेरौं भिडियोमा :





























प्रतिक्रिया