प्रतिनिधीसभाकी सांसद शान्ता चौधरी चढ्ने गाडी दुर्घटनामा परेको छ ।
बा २ झ २८७१ नम्वरको स्कारपियो गाडी गएराती दाङको लमही–६ स्थित कुलमोड भन्ने स्थानमा दुर्घटनामा परेको छ । सांसद चौधरीलाई लक्ष्मीपुरस्थित घरमा छाडेर देउखुरी तर्फ फर्किदै गरेको अबस्थामा गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी विनोद विक्रम शाहले जानकारी दिए ।
गाडी राती १२ बजेर ४५ मिनेट जाँदा दुर्घटनामा परेको उनले बताए। गाडी सडकदेखि करिव १ सय ५० मिटर तल खसेको छ । दुर्घटनामा कुनै मानविय क्षति भने भएको छैन ।
चालक रतनलाल चौधरीलाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।





























प्रतिक्रिया