अहिले मन्त्रिपरिषद् बैठक चलिरहेको छ । मन्त्रीहरू बैठकका लागि बालुवाटार पुग्न थाल्दा करिब सवा ११ बजेतिर प्रधानमन्त्री केपी शर्मा ओली बाहिरिएका थिए ।
त्यसरी बाहिरिएका प्रधानमन्त्री ओलीले फोक्सोमा जम्मा भएको पानीको अवस्थाबारे बुझ्न शिक्षण अस्पतालमा एक्सरे गराए । गत बुधबार र बिहीबार ग्राण्डी अस्पतालमा प्रधानमन्त्रीको मिर्गौलाको डायलासिस गरिएको थियो । प्रधानमन्त्रीका सल्लाहकार कुन्दन अर्यालले बिहान केहीबेर टिचिङमा एक्सरेका लागि प्रधानमन्त्री गए पनि अहिले बैठकमै रहेको जानकारी दिए।
‘एक्सरे गर्न बिहान एकछिन टिचिङ जानुभएको थियो,’ अर्यालले भने, ‘अहिले बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसिराखेको छ। प्रधानमन्त्री बैठकमै हुनुहुन्छ।’
प्रधानमन्त्रीको आइतबार डायलासिस गर्ने तयारी भैरहेको भन्ने हल्लाका विषयमा आफूलाई जानकारी नभएको अर्यालले बताए।
आजै बस्ने भनिएको सचिवालय बैठक भने अनिश्चित भएको छ।





























प्रतिक्रिया