सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भ्रातृसंस्था राष्ट्रिय युवा संघको जिल्ला तहको भागबन्डा टुंगिएको छ।
कात्तिक १६ गते शनिबार सचिवालय बैठकले तत्कालीन नेकपा एमालेनिकट युवा संघलाई ४१ र माओवादीनिकट योङ कम्युनिस्ट लिग (वाइसिएल) लाई ३६ जिल्लाको नेतृत्व हुने गरी ७७ जिल्लाकै भागबन्डा गरिएको छ।
काठमाडौं वाइसिएलनिकट र रोल्पा युवा संघनिकटलाई नेतृत्व दिने गरी युवा संघको भागबन्डा टुंग्याइएको छ। युवा संघ स्रोतका अनुसार ‘संगठनका सबै तहमा साविकको एक संगठनबाट संयोजक र सहइन्चार्ज हुँदा साविकको अर्को संगठनबाट सहसंयोजक र इन्चार्ज हुने नीतिगत निर्णय गरिएको छ । तर, साविकका दुवै संगठनको सहमतिका आधारमा कुनै तहका हकमा फरक निर्णय गर्न सकिने छ।’
त्यसैगरी, उपनिर्वाचनका पार्टी उम्मेदवारलाई विजयी गराउनका लागि युवा संघले जिम्मेवारीसमेत बाँडफाँट गरी सक्रिय हुने जनाएको छ।
युवा संघको विज्ञप्ति –
































प्रतिक्रिया