महराको थुनछेक बहस आज हुँदै

महराको थुनछेक बहस आज हुँदै

केन्द्रबिन्दु
0
Shares

आज पूर्वसभामुख कृष्णबहादुर महराको थुनछेक वहसको प्रक्रिया शुरु हुँदै छ । बिहीबार मुद्दा दर्ता भए पनि समय अभावले थुनछेक बहस हुन सकेको थिएन ।

शुक्रवार जिल्ला अदालत काठमाडौंको इजलासमा महराको बयान हुनेछ । त्यसपछि वादी र प्रतिवादीका तर्फबाट कानुन व्यवसायीले थुनछेक बहस गर्नेछन् ।

बहस सकिएपछि अदालतबाट महरालाई थुनामा राख्ने, धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा छोड्ने वा के गर्ने हो भन्ने विषयमा फैसला हुनेछ ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले जबरजस्ती करणी उद्योगमा अधिकतम ५ वर्ष र उच्च ओहोदामा बसेर कसुर गरेको अभियोगमा थप साढे २ वर्ष गरी जम्मा ७ वर्ष ६ महिना कैद सजायको मागदाबी गरी महराविरुद्ध मुद्दा दायर गरेको हो ।

महरालाई १९ असोजमा पक्राउ गरिएको थियो । त्यसयता उनी थुनामै छन् ।

Logo