प्रधानमन्त्री ओलीको दोस्रो डायलासिस, अस्पतालमा नेता कार्यकर्ताको भिड (भिडियोसहित)

प्रधानमन्त्री ओलीको दोस्रो डायलासिस, अस्पतालमा नेता कार्यकर्ताको भिड (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीको बिहिबार दोस्रो पटक डायलासिस भइरहेको छ।

ग्राण्डी अस्पतालमा भर्ना भएका प्रधानमन्त्री ओलीको बुधबार पहिलो डायलासिस गरिएको थियो। प्रधानमन्त्री ओलीको डायलासिस चलिरहेकाले कसैलाई पनि भेट्न दिइएको छैन ।

प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गर्न अहिले अस्पताल परिसरमा नेता, कार्यकर्ता र शुभेच्छुकहरूको भिड लागेको छ। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता भीम रावल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत पनि अस्पताल पुगेका छन्। बिहीबार दिउँसो सवा १ बजे अस्पताल पुगेका नेकपा नेता भीम रावलले प्रधानमन्त्रीलाई भेट्न नमिल्ने प्रतिक्रिया दिए। अर्का प्रबक्ता श्रेष्ठले अस्पतालका निर्देशक चक्रराज पाण्डेसँग कुरा गरेर फर्केको जानकारी दिए।

प्रधानमन्त्रीको रगतमा क्रेटिनिन, युरिया र पोटासियमको मात्रा अत्यधिक बढेपछि डायलासिस गरिएको हो। प्रधानमन्त्री ओलीको १२ वर्षअघि मिर्गौलाले काम गर्न छाडेपछि नयाँ मिर्गौला प्रत्यारोपण गरिएको थियो।

उनले गत भदौमा सिंगापुर गएर ‘प्लाज्माफेरेसिस’ गरेका थिए।

Logo