कृष्णबहादुर महराको थुनछेक बहस आज

कृष्णबहादुर महराको थुनछेक बहस आज

केन्द्रबिन्दु
0
Shares

पूर्वसभामुख कृष्णबहादुर महराको आज थुनछेक बहस हुँदैछ। त्यसका लागि आज महरालाई काठमाडौ जिल्ला अदालतमा उपस्थित गराइने भएको छ ।

काठमाडौं जिल्ला अदालतले महरा प्रकरणमा अन्तिमपटक थपेको ७ दिनको म्याद हिजो सकिएको हुनाले आज अदालत उपस्थित गराउन लागिएको हो । सरकारी वकिलले अदालतमा अभियोग पत्र दायर गरेपछि थुनछेक बहस सुरु हुनेछ ।

थुनछेक बहसपछि उनलाई धरौटीमा छाड्ने वा पुर्पक्षका लागि थुनामा पठाउने निर्णय हुनेछ । थुनछेक बहसमा वकालतनामा पेश गरेका वकिलको संख्या धेरै भए बहस भोलिसम्म लम्बिन सक्ने प्रहरीले जनाएको छ ।

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले यौन दुर्व्यवहारको आरोप लगाएपछि महरा गत असोज १९ गते पक्राउ परेका थिए ।

Logo