धनुषा,
गरिब तथा विपन्न परिवारलाई कर्जा नलिए बाँच्न गाह्रो छ। उनीहरूलाई अधारभूत आवश्यकता पूरा गर्न साहुमहाजनसँग ऋण लिनैपर्छ। खासगरी अतिविपन्न तथा बेरोजगार पारिवारले छोरीलाई बिहेमा दिनुपर्ने दाइजो, वैदेशिक रोजगारीमा जाँदा लाग्ने रकम, स्वास्थ्योपचार लगायत सामान्य घरखर्च चलाउन पनि ऋण लिनुपर्ने बाध्यता छ। तर, धनुषाको एक गाउँको कथा सुनेर कतिपयलाई पत्यार नलाग्न सक्छ, जहाँका २५ जना गाउँलेको करिब ३० लाख रुपैयाँ लिएर कर्मचारी नै भागेपछि उनीहरू कंगाल बनेका छन् ।
जनकपुर–ढल्केबर सडकखण्ड अन्तर्गत पर्ने महेन्द्रनगर बजारबाट ५ किलोमिटर पश्चिमतर्फको दूरीमा पर्छ, शान्तिपुर गाउँ। बटेश्वर गाउँपालिका–५ स्थित शान्तिपुर मुस्लिम टोलमा करिब ४५ घरधुरी छन् । मुस्लिम टोलका २५ जना महिलाले सहकारी बैंकबाट सुलभ दरमा ऋण लिएर ३६ प्रतिशत ब्याजदरमा अर्को व्यक्तिलाई ऋण दिए । तर ऋण लिने व्यक्ति नै फरार भएपछि उनीहरू अहिले बिचल्लीमा छन्।
चार वर्ष अघि गाउँकै सुरेन्द्र सिंहकी पत्नी जसोधा सिंह छिमेकी लघुवित्त विकास बैंकको सहजकर्ता बनेर आइन् । जसोधाले मासिक बचत गर्नेगरी पाँच जनाका दरले पाँचवटा समूह बनाइन् । प्रतिमहिना सदस्यहरूले तीन सय रुपैयाँका दरले जम्मा गर्न थाले । जम्मा गरेको तीन वर्ष पनि बित्यो । तीन वर्ष पूरा भएपछि संस्थाकी कर्मचारी जसोधाले आफूलाई आवश्यक परेको भन्दै सदस्यले जम्मा गरेको पैसा निकालेर व्यक्तिगत काममा प्रयोग गरिन् । छिट्टै ब्याजसहित पैसा फिर्ता गर्ने आश्वासन उनले दिएकी थिइन्।
गाउँलेका अनुसार उनले त्यो पैसा घर निर्माणमा खर्चिन् । बिस्तारै जसोधाले गाउँका सामान्य महिलालाई अन्य तीन संस्थामा पनि आबद्ध गराइन् र सबै संस्थाबाट १६ प्रतिशत ब्यादरमा ऋण निकालेर ३६ प्रतिशत ब्याजमा लगाउन आग्रह गरिन् । अत्यन्तै चतुर स्वभावकी जसोधाले पछि आफूलाई नै ऋण चाहिएको भनेर सबैसँग पैसा मागिन् । त्यतिबेला आफू संस्थाको सहजकर्ता कर्मचारी भएकाले ऋण सहजै निस्केको र बिनाझन्झट आम्दानी गर्ने उपाय आफूसँग रहेको भन्दै सबै सदस्यलाई उनले सुझाएको पीडित सुवेदा खातुन सम्झिन्छिन्।
नागरिकबाट





























प्रतिक्रिया