गुल्मी,
जिप दुर्घटना हुँदा गुल्मीमा २ जनाको मृत्यु भएको छ। मुसिकोट नगरपालिका ९ ददल्कामा लु १ च ३५१४ नम्बरको पिकअप भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो।
दुर्घटनामा ३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका एसपी राजेन्द्रसिंह खड्काले बताए । बुधबार साँझ पाँणथोकबाट ददल्का जाँदै गरेको भ्यान ददल्का काबरोड भन्ने स्थानमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी मुसिकोट नगरपालिका(९ अर्लाङ्कोटका अन्दाजी ७० वर्षीय रामप्रसाद खरेलको मृत्यु भएको छ। अर्का मृतकको सनाखत हुन बाँकी छ। घाइते हुनेहरुमा मुसिकोट नगरपालिका ७ वामीका २३ वर्षीय भानुभक्त पौडेल, ८ वर्षिया सोनीया बिक, २६ वर्षिय बिष्णु बिक छन् । घाइतेहरु सबैलाई उपचारको लागि बाग्लुङ्गको हटिया पठाइएको प्रहरीले जनाएको छ। जिप चालक ज्ञान बहादुर बिक फरार रहेका छन्।
अन्नपूर्णबाट





























प्रतिक्रिया