लैङ्गिक हिंसाका अपराधी उम्किन पाउँदैनन् : मन्त्री थापा

लैङ्गिक हिंसाका अपराधी उम्किन पाउँदैनन् : मन्त्री थापा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले लैङ्गिक हिंसामा सहभागी अपराधी जस्तोसुकै भए पनि सरकारले नछोड्ने बताउनुभएको छ । उहाँले सरकारले समाजमा शान्तिसुरक्षा र अमनचयनको वातावरणमा बस्न पाउने नागरिकको हक अधिकारको रक्षार्थ अपराधी ठूलो सानो जस्तोसुकै भएपनि कारवाहीको दायरामा ल्याउने बताउनुभयो ।

लैङ्गिक हिंसा नियन्त्रण समन्वय सञ्जाल तारकेश्वर नगरपालिकाले शनिबार आयोजना गरेको ‘महिला र पुरुषको समान सहभागिता, हिंसारहित समाज आजको आवश्यकता’ विषयक अन्तर्क्रियामा मन्त्री थापाले लैङ्गिक हिंसामा सहभागी व्यक्ति उम्कन नपाउने बताउनुभयो । उहाँले सरकारले यसै वर्ष मन्त्रिपरिषदबाट निर्णय गरी लैङ्गिक हिंसाविरुद्धको अभियान वर्ष मनाउने घोषणा गरेको बताउनुभयो । मन्त्रालयले लैङ्गिक हिंसा न्यूनीकरणका लागि देशभर स्थानीय तह र प्रदेशका जनप्रतिनिधिसँग कार्यक्रम सञ्चालन गर्न गइरहेको मन्त्री थापाको भनाइ थियो ।

लैङ्गिक हिंसा न्यूनीकरणमा सञ्जालले गरेका कामको विषयमा तयार गरिएको स्मारिकाको विमोचन गर्दै सांसद भीमसेनदास प्रधानले अपराधि जुनसुकै व्यक्ति भए पनि निष्पक्ष छानबिन गरी कारवाही गर्न सरकारसँग माग गर्नुभयो । प्रदेशसभा सदस्य योगेन्द्र सङ्ग्रौलाले कुनै पनि प्रकारको हिंसा सहन नहुने बताउनुभयो ।

Logo