निवर्तमान सभामुख कृष्णबहादुर महरामाथिको अनुसन्धान प्रतिवेदन प्रहरीले काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयलाई बुझाएको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तम सुवेदीले महराविरुद्धको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइएको पुष्टि गरेका छन् । महरालाई हिरासतमा लिइएको शुक्रबार २० दिन पुगेको छ। अब सरकारी वकिल कार्यालयले तिहारलगत्तै अभियोग पत्र दर्ता गर्नुपर्ने छ। वकिल कार्यालयले प्रहरीको अनुसन्धान प्रतिवेदन अध्ययन गरेर मुद्धा चलाउने कि नचालउने भन्ने निर्णय गर्नेछ ।
संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयास गरेको अभियोगमा महरामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले महरालाई पक्राउ गरेको थियो ।
संसद सचिवालयमा काम गर्ने महिला कर्मचारीले बलात्कार प्रयाशको आरोप लगाएपछि तत्कालिन सभामुख महराले पदबाट राजिनामा दिएका थिए। प्रहरीले गत असोज १९ गते महरालाई सरकारी निवासबाट पक्राउ गरेको थियो ।
पिडित भनिएकी महिला रोशनी शाहीले भने काठमाडौँ जिल्ला न्यायाधिशलाई निवेदन दिँदै महराबाट कुनैपनि किसिमको दुर्व्यवहार नभएको बताएकी छिन् ।































प्रतिक्रिया