काठमाडौं । नेपालमाथि चिनियाँ प्रभाव बढेको अमेरिकाले ठहर गरेको छ । हालै सम्पन्न चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण तथा धर्मगुरु दलाई लामाको जन्मदिनमा नेपालले लगाएको रोकपछि अमेरिका उक्त निष्कर्षमा पुगेको हो ।
दक्षिण तथा मध्य एशिया मामिला हेर्ने अमेरिकी विदेश सहायकमन्त्री एलिस जी वेल्सले बुधबार त्यहाँको एक संसदीय उपसमितिमा लिखित वक्तव्य दिँदै नेपालमा चीनको प्रभाव बढेकै कारण तिब्बती समुदायमाथि रोकावट भइरहेको बताएकी छन् ।
अमेरिकी संसदको विदेश मामिला सम्बन्धी उपसमितिमा उनले नेपाल सरकारले तिब्बती बुद्धमार्गीहरुका गतिविधिमाथिको रोक बढाएको र दलाई लामाको जन्मदिन मनाउन समेत बन्देश लगाएको प्रतिक्रिया दिएकी छन् ।
यसअघि पनि उनले नेपालमा चिनियाँ गतिबिधि तथा प्रभाव बढेको टिप्पणी गरेकी थिइन् । उनको भनाई प्रतिवाद गर्दै चिनियाँ राजदूतले नेपाल चीन सम्बन्धमा कुनै टिप्पणी नगर्न चेतावनी दिएका थिए ।
यसअघि असोज २५ मा नेपालको दुई दिने राजकीय भ्रमण गरेका चिनियाँ राष्ट्रपति सी चिनफिङले चीनको विभाजन चाहने र त्यस्ता गतिविधि गर्नेहरुलाई कडा कारवाही गर्ने चेतावनी दिएका थिए ।
धर्म परिवर्तनबारे बोल्यो अमेरिकाः
नेपालमा धर्म परिवर्तन गर्न नदिइएको प्रति अमेरिकाले आपत्ति जनाएको छ । नेपालमा धार्मिक अल्पसंख्यक समूह जोखिममा परेको दाबी गर्दै धार्मिक स्वतन्त्रतामाथि व्यवहारिक चुनौती कायम रहेको विदेश सहायकमन्त्री एलिसको भनाई छ ।
सन् २०१८ मा ल्याइएको फौजदारी संहितामार्फत दबाबमा धर्म परिवर्तनलाई बन्देज लगाइएको भन्दै यसले धार्मिक अल्पसंख्यक समूहलाई जोमिखमा पारेको उनको दाबी छ ।
[pdf-embedder url=”https://kendrabindu.com/wp-content/uploads/2023/12/HHRG-116-FA05-Wstate-WellsA-20191022.pdf&





























प्रतिक्रिया