आज धनुषामा गोली चलेको छ । जनकपुर उपमहानगरपालिका–१४ मा ४० वर्षीय मनोज साहमाथि गोली प्रहार भएको हो । गोली प्रहारबाट साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए ।
पंकज चौधरीको घरमा गोली चलेपछि प्रहरी घटनास्थल पुगेको थियो। प्रहरीले घरधनी चौधरीलाई पक्राउ परेको छ। उनले नै साहको गोली हानी हत्या गरेको पुष्टि भएको एसपी खनालले बताए।
प्रहरीका अनुसार चौधरी गोली हानेर छिमेकीको घरमा लुकेका थिए । प्रहरीले घर घेरा हालेर उनलाई पक्रेको हो ।
घटनास्थलबाट प्रहरीले दुईवटा पेस्तोल र २१ राउण्ड गोली बरामद गरेको छ। ठेक्कापट्टामा संलग्न दुई जनाबीच लेनदेनको विषयमा मनमुटाव हुँदा गोली चलेको प्रहरीले बताएको छ।
पक्राउ परेका व्यक्तिमाथि छानविन गरिरहेको प्रहरीले जनाएको छ ।





























प्रतिक्रिया