गायक दुर्गेश थापाले ‘ह्याप्पी तिहार, चिसो बियर’ बोलको गीतमा आफ्नो गल्ती भएको स्विकारेका छन् ।
यो गीतमा प्रयोग भएका शब्दले विकृति निम्त्याउने भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेपछि थापाले गल्ती स्वीकारेका हुन्। उनले गीतमा ‘ए निकाल गाँजा, खानुपर्छ आज’ जस्ता वाक्यहरू प्रयोग गरेका छन् ।
उजुरी परेपछि कार्यालयले महानगरीय अपराध महाशाखा टेकुलाई गायक थापालाई सम्पर्कमा ल्याउन निर्देशन दिएको छ ।महाशाखाका एसएसपी सहकुल थापाले दुर्गेशलाई सम्पर्कमा ल्याउने कोसिस भइरहेको जानकारी दिए ।
यसअघि दुर्गेशले ल्याएको ‘बिच्च बिच्चमा’ बोलको गीतले बजारमा तहल्का मच्चाएको थियो ।





























प्रतिक्रिया