काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी कात्तिक ३ मा जापानको भ्रमणमा जाने भएकी छन् । जापानी सम्राट नारुहितोको शुभराज्याभिषेकको अवसरमा आयोजना हुने समारोहमा भाग लिन कात्तिक ३ गते त्यसतर्फ प्रस्थान गर्न लागेकी हुन् ।
परराष्ट्र मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा राष्ट्रपति भण्डारी म्यानमाको राजकीय भ्रमण सम्पन्न गरी त्यहाँबाट टोकियो प्रस्थान गर्ने जनाएको छ ।
राष्ट्रपति भण्डारी कात्तिक ५ गते आयोजना हुने शुभराज्याभिषेकको विशेष समारोहमा सहभागि हुनेछिन् । उक्त समारोहपछि भण्डारी सम्राट नारुहितोले आयोजना गर्ने राजकीय भोजमा सरिक हुनेछिन् ।
भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले भारतीय राष्ट्रपति रामनाथ कोविन्द तथा जापानी प्रधानमन्त्री सिन्जो आवेसँग भेटवार्ता गर्नेछिन् ।
राष्ट्रपति भण्डारीले जापानका लागि नेपाली राजदूत प्रतिभा राणाले आयोजना गर्ने स्वागत समारोहमा समेत भाग लिनेछिन् । यसैगरी उनले जापानस्थित गैरआवासीय नेपाली संघले आयोजना गर्ने स्वागत कार्यक्रममा पनि भाग लिनेछिन् ।
भ्रमणका क्रममा राष्ट्रपति भण्डारीका साथ गृहमन्त्री रामबहादुर थापा समेत सहमगि हुनेछन् । राष्ट्रपति भण्डारी कात्तिक ६ गते स्वदेश फर्कने कार्यक्रम छ ।































प्रतिक्रिया