काठमाडौं,
जापान सरकारको सहयोगमा निर्माण भएको बीपी राजमार्ग ठाउँठाउँमा जोखिम बढेको छ। तराईबाट राजधानी काठमाडौं जोड्ने वैकल्पिक राजमार्गका रूपमा रहेको बीपी राजमार्गको तीन स्थानमा पुल निर्माण हुने भएको छ।
पानी पर्दा सडकभरि लेदो जम्ने कारणले यातायात सञ्चालनमा नै कठिनाइ बढ्दै गएपछि सरकारले तीन स्थानमा दुई लेनको पुल निर्माण गर्ने भएको हो । पुल निर्माणका लागि जापान सरकारले डिजाइनको काम गरिरहेको छ।
सूर्यविनायक–धुलिखेल–खुर्कोट बर्दिवास सडक आयोजनका प्रमुख सूर्य भाटले कजवे भएको तीन स्थानमा पक्की पुल निर्माण गर्न डिजाइनको काम भइरहेको बताउनुभयो। उहाँका अनुसार डिजाइनको काम आगामी मंसिरसम्ममा सम्पन्न हुनेछ।
बीपी राजमार्गको धुलिखेल–नेपालथोक खण्डको माम्ती, घ्याम्पे र भ्याकुरे खोलामा दुई लेनको पुल निर्माण हुने भएको छ। बीपी राजमार्गलाई दुई लेनको बनाउने योजना अगाडि सारेको सरकारले पुल पनि दुई लेनको बनाउने भएको हो।
सडक निर्माण भएको १७ वर्षपछि सरकारले उक्त चार स्थानमा पुल निर्माण गर्न डिजाइनको काम अगाडि बढाएको छ। बीपी राजमार्गमा हाल दैनिक पाँच सयभन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका छन्।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया