सुदूरपश्चिम प्रदेशको निर्माण व्यवसायी संगठन संयोजकमा धामी

सुदूरपश्चिम प्रदेशको निर्माण व्यवसायी संगठन संयोजकमा धामी

केन्द्रबिन्दु
0
Shares

धनगढी,

नेपाल निर्माण व्यवसायी संगठन सुदूरपश्चिम प्रदेशको संयोजकमा कमानसिंह धामी छनौट हुनुभएको छ ।

धनगढीमा आयोजना भएको तदर्थ समिति गठन कार्यक्रममा सह–संयोजकमा देब बहादुर चन्द पूर्ण अधिकारीलाई चयन गरेको छ । यस्तै संगठनको सचिवमा दानबहादुर साउद, सह–सचिवमा कमलेस कपाडी, कोषाध्यक्षमा शक्ति पन्त बिष्ट र सहकोषाध्यक्षमा अदल चौधरीलाई चयन गरिएको छ ।

सदस्यहरुमा भानुभक्त जोशी, रामदत्त जोशी, दशरथ जोशी, बमबहादुर खड्का, खगेन्द्र रावत, मानबहादुर नाथ, केशव साउद, शेरबहादुर बोहोरा, जयन्द्रसिंह यतवाल, सुधिरप्रसाद भट्ट, पदम भण्डारी, नयन बम, योगेन्द्र चन्द, दिपेन्द्र कुँवर, चन्द्र कार्की चयन भएका छन् ।

तदर्थ समिति गठन कार्यक्रम कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा सुदूरपश्चिम प्रदेश इञ्चार्ज भीम रावलको प्रमुख आतिथ्यमा भएको थियो ।

Logo