मन्त्रिपरिषद् पुर्नगठनमा ओली र दाहाल सहमत

मन्त्रिपरिषद् पुर्नगठनमा ओली र दाहाल सहमत

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

सरकारको काम प्रभावकारी एवं परिणाममुखी बनाउन केही मन्त्रीलाई बिदाइ गरी नयाँ मन्त्री ल्याउने विषयमा प्रधानमन्त्री ओली र दाहाल सहमत भएका छन् । ओली र दाहालबीच भएको छलफलमा जनजीविका र जनताले अनुभुत गर्ने गरी मन्त्रीको काम नदेखिएपछि मन्त्रिपरिषद् पुर्नगठन गर्न सहमति जुटेको बालुवाटार स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओलीले केही मन्त्रीको कार्यसम्पादन कमजोर देखिएको भन्दै ती मन्त्रीलाई हटाउने विषयमा दाहालसँग छलफल गरेका हुन् । मन्त्रिपरिषद् पुनर्गठनको विषयमा नेकपा सचिवालय बैठकमा समेत छलफल गर्ने दुई नेताले सहमति गरेका छन् । केही मन्त्रीलाई भने मन्त्रालयको जिम्मेवारी हेरफेर मात्रै गर्ने गरी गृहकार्य अघि बढाइएको छ । केही मन्त्रीले प्रभावकारी कार्य नगरेको र उल्टै सरकारको बद्नाम गरेको भन्दै ओलीमाथि त्यस्ता मन्त्रीहरू हटाउन दबाब समेत पर्दै आएको छ । प्रधानमन्त्री ओली कार्यसम्पादन सम्झौता अनुसार काम गर्न नसक्ने मन्त्रीहरूलाई बिदा दिनुपर्ने अन्तिम निर्णयमा पुगिसकेको बालुवाटार स्रोतको दाबी छ ।

त्यस्तै, कार्यसम्पादन सम्झौता अनुसार काम नगर्ने मन्त्रालयका सचिवलाई समेत जिम्मेवारी हेरफेर गरिने तयारी गरिएको छ । प्रधानमन्त्री ओलीले यस अघि बोलाएको समीक्षा बैठकमा कार्यसम्पादन सम्झौता अनुसार काम नगर्ने मन्त्री र सचिवलाई समेत कारबाही गरिने चेतावनी दिएका थिए ।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीले कार्यसम्पादनमा असफल देखिएका मन्त्रीको सूचीसमेत बनाइसकेका छन् । उच्च स्रोतले दिएको जानकारी अनुसार हटाउने सूचीमा आठ मन्त्रीको नाम छ ।
राजधानीबाट

Logo