कैलालीको लम्कीचुहा नगरपालिकामा एक जनाले श्रीमतीको हत्या गरेका छन् ।
वडा नम्बर १ भरुवाका धिरेन्द्र थापाले श्रीमती जानकी विकको कुटपिट गरि हत्या गरेका हुन् । उनले आफ्नो श्रीमतीलाई आफ्नै घरमा परपुरुषसंग भेटेको भन्दै कुटपिट गरेका थिए।
कुटपिटबाट घाइते उनको नेपालगञ्जमा उपचार भइरहेको थियो । त्यहाँबाट थप उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो।
घटना २१ गतेको भएपनि विकको २४ गते मृत्यु भएको थियो । थापालाई पक्राउ गरि घटनाको थप अनुसन्धान भइरहेको कैलाली प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।































प्रतिक्रिया