सी जिनपिङ नेपालमा: कार्यतालिका हेरफेर, पहिलो भेट देउवासँग

सी जिनपिङ नेपालमा: कार्यतालिका हेरफेर, पहिलो भेट देउवासँग

केन्द्रबिन्दु
0
Shares

चीनका राष्ट्रपति सी जिनपिङले नेपालमा पहिलो राजनीतिक दलका नेतासँगको भेटघाट प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग गर्ने भएका छन्। राष्ट्रपति सीले सभापति तथा पूर्वप्रधान्मन्त्री शेरबहादुर देउवासँग साँझ होटल सोल्टीमा भेटवार्ता गर्ने भएका छन् ।

सभापति देउवा र  राष्ट्रपति सीबीच काठमाडौँको सोल्टी होटलमा साँझ ७ः१५ बजे भेट्ने कार्यक्रम रहेको छ। उनीहरु दुई जनाबीच १५ मिनेट भेटघाट हुनेछ ।

त्यस्तै, आइतबार साढे १० बजे नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रपति सीबीच भेटघाट हुने प्रचण्डको नीजि सचिवालयले जनाएको छ ।

राष्ट्रपति सी को भ्रमण तालिकामा भने केही हेरफेर गरिएको छ।

शनिबार

अपराह्न ५ बजे – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण

साँझ ६:३० बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता

साँझ: ७ः१५ बजे, कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता

साँझ ७ः३० बजे राष्ट्रपति भण्डारीद्वारा चिनियाँ राष्ट्रपति सीको सम्मानमा रात्रिभोजको आयोजना

आइतबार

बिहान नेकपाका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ सँग भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल र राष्ट्रपति सी नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्ता र समझदारी पत्रमा हस्ताक्षर

दिउँसो १२ः३० बजे स्वदेश फिर्ता

Logo