सीता एयरको टुइनअटर विमानको पङ्खामा चरा पसेपछि आकस्मिक अवतरण गरिएको छ । शनिबार बिहान रामेछापको मन्थलीबाट सोलुखुम्बुको लुक्लाका लागि उडेको ‘९ एन–आई–इ’ विमानको पङ्खामा चरा पसेको हो।
चरा छिरेको थाहा पाएपछि पाइलटले विमान पुनः मन्थली एयरपोर्टमै सकुशल अवतरण गरेको हो। विमानमा १३ जना यात्रु र चालक दलका तीनजना सदस्य रहेको र उनीहरु सुरक्षित रहेको जनाएको छ ।































प्रतिक्रिया