मकवानपुरमा डेङ्गु रोगको प्रभाव घट्दै

मकवानपुरमा डेङ्गु रोगको प्रभाव घट्दै

केन्द्रबिन्दु
0
Shares

हेटौँडा,

मकवानपुर जिल्लाको केही गाउँपालिका, थाहानगरपालिका र हेटौँडा उपमहानगरपालिका क्षेत्रमा अहिले डेङ्गु रोगको प्रभाव घट्दै गएको छ ।

मकवानपुरमा गत साउनको पहिलो हप्तादेखि असोजको २३ गतेसम्म एक हजार ६०० डेङ्गु रोगीको उपचार भइरहेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । रोगीको काठमाडौँ, ललितपुर, चितवनको भरतपुर र हेटौँडाको विभिन्न अस्पतालमा उपचार भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

डेङ्गु करीब ३० प्रतिशत बिरामी सम्बन्धित चिकित्सकको परामर्श अनुसार, घरमै बसेर उपचार गराइरहेको हेटौँडा उपनगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख सुपेन्द्र कार्कीले बताउनुभयो । सो रोगले मकवानपुरको मनहरी, भीमफेदी, बकैयाँ, बाग्मती, राक्सिराङ गाउँपालिका, थाहानगरपालिका र हेटौँडा उपमहानगरपालिकाको विभिन्न वडा प्रभावित भएको थियो ।

हेटौँडा उपमहानगरपालिका, स्वास्थ्य कार्यालय मकवानपुर र प्रदेश स्वास्थ्य निर्देशानालयको संयुक्त आयोजनामा डेङ्गु रोगबाट प्रभावित भएका टोलका घरघरमा जनचेतना परिचालन गरी अनावश्यक जमेको पानी नियन्त्रण गरी लामखुट्टेको प्युपा र लाभा नष्ट गर्ने अभियानलाई तीव्रता दिएको कारणबाट रोगको प्रभाब घटेको हेटौँडा उपमहानगरपालिका हरिबहादुर महतले जानकारी दिनुभयो ।

बिरामीलाई तत्काल रोगको पहिचान गर्न लागि हेटौँडा उपमहानगरपालिकाले निःशुल्क किट उपलब्ध गराएको हेटौँडा उपमहानगरपालिकाका कार्यकारी अधिकृत भगवान अर्यालले बताउनुभयो ।

Skip This
Skip This
Logo