सिन्धुपाल्चोक,
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका १० स्थित बडहरेबाट काठमाडौंका लागि छुटेको हेलम्बु यातायातको बस आज विहान १० बजे दुर्घटना हुँदा ९ जना यात्रीको मृत्यु भएको छ ।
दुर्घटनामा दर्जनौं घाइते भएका छन् । दशैं मनाउन गाउँ गएका यात्रीहरु राजधानी फर्कने क्रममा सो बस दुर्घटना भएको हो । बा २ ख २७१५ नम्बरको सो बस सडकबाट २०० मिटर तल खसेको र बस चालकको समेत मृत्यु भएको घटनास्थलबाट स्थानियवासी इन्द्रमणि नेपालले जानकारी दिनुभयो ।
हाल सम्म ९ वटा शवहरु फेला परेको र मृतकको संख्या बढ्ने क्रममा रहेको उहाँले बताउनु भयो । उहाँका अनुसार बसमा ८० भन्दा धेरै यात्रीहरु चढेका थिए । ओभरलोडकै कारण बस दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ ।
अहिले घटनास्थलमा उद्धारका लागि स्थानियवासी र सिपाघाटबाट प्रहरी टोली पुगेको छ । घटनाबारे थप विवरण आउन बाँकी छ । घाइते करिब ६० जनालाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ
प्रहरी चौकी भीमटारका इन्चार्ज प्रहरी सहायक निरीक्षक परशुराम साहले अहिले उद्धारको काम भइरहेको र मृतकको संख्या बढ्न सक्ने जानकारी दिए ।





























प्रतिक्रिया