फिफा विश्वकप २०२२ अन्तर्गतको दोस्रो चरणको छनोट खेलमा अहिले नेपाल र अस्ट्रेलियाबीच खेल भइरहेको छ। क्यानबेरास्थित जिआओ रंगशालामा भइरहेको खेलमा यो समाचार तयार पार्दासम्म अष्ट्रेलियाले ३ गोल गरिसकेको छ। दबाबमा रहेको नेपालले अहिलेसम्म कुनै गोल गर्न सकेको छैन।
अस्ट्रेलियाविरुद्ध अभिषेक रिजालसहित सुजल श्रेष्ठ, अन्जन बिष्ट, रोहित चन्द, विशाल राई, रवि पासवाङ, रञ्जीत धिमाल, देवेन्द्र तामाङ, अनन्त तामाङ र दिनेश राजवंशी, किरण चेमजोङ रहेका छन ।
खेल हेर्न अस्ट्रेलियामा रहेका नेपालीहरु पनि नेपाली झण्डासहित रंगशाला पुगेका छन् । रंगशालामा करिव ७ हजार नेपाली समर्थक उपस्थिति रहेको अनुमान गरिएको छ ।





























प्रतिक्रिया