काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणको सन्दर्भमा पूर्व प्रधानमन्त्री तथा परराष्ट्र मन्त्रीहरुसँग छलफल गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलगायत सहभागी छन्।
छलफलमा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सीको भ्रमणको तयारी र नेपालका तर्फबाट अगाडि सारिने एजेण्डाको विषयमा छलफल भइरहेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक निमन्त्रणामा चिनियाँ राष्ट्रपति सी शनिवार नेपाल आउँदैछन् । भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा दुई पक्षीय वार्ता भई सम्झौता हुनेछ ।
दुई दिने नेपाल भ्रमणको क्रममा सीले राजनीतिक दलका शीर्ष नेताहरुसँग पनि भेट गर्ने कार्यक्रम छ ।





























प्रतिक्रिया