सर्तसहित बुझाएको राजीनामा अस्वीकृत भएपछि सभामुख कृष्णबहादुर महराले पुन: अर्को राजीनामा पत्र बुझाएका छन्। उनले छानविन नसिकएसम्मका लागि भन्दै मंगलबार दिएको राजीनामा पत्र बुझाएका थिए। तर, संसद सचिवालय यस्तो राजीनामा संबिधानविपरित भएको भन्दै अस्विकार गरेपछि अर्को राजीनामा दिएका हुन्।
दोस्रो राजीनामामा शर्त हटाएपछि संसद सचिवालयले उनको पद रिक्त भएको सूचना सार्वजनिक गरेको छ। सचिवालयले आफ्नो वेबसाइटबाट महराको फोटो पनि हटाएको छ।
संसद सचिवालयकी एक कर्मचारीले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएपछि महरा गम्भीर विवादमा तानिएका थिए ।





























प्रतिक्रिया