जब आफ्नै श्रीमती र कांग्रेस नेता रक्सी पिउँदै पोर्न भिडियो हेरिरहेको देखे

जब आफ्नै श्रीमती र कांग्रेस नेता रक्सी पिउँदै पोर्न भिडियो हेरिरहेको देखे


रुपन्देही । आफ्नै कोठामा श्रीमतीसँग एक कांग्रेस नेता मादक पदार्थ पिउँदै थिए । दुवैजना मादक पदार्थ पिउँदै पोर्न भिडियो हेरिरहेका थिए । त्यही बेला ती महिलाका श्रीमानले प्रहरीको टोली लिएर कोठामा पुगे । र प्रहरीले दुवैजनालाई रंगेहात पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रुपन्देही ५ का क्षेत्रीय कोषाध्यक्ष सैनामैना नगरपालिका १० सालझण्डीका हरि पोखरेल र बुटवल उपमहानगरपालिका १२ बेलबासीकी एक महिला रहेका छन् ।

पोखरेल गत प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट प्रदेशसभा सदस्यको उम्मेदवारमा दाबेदारी प्रस्तुत गरेका थिए । तर उनलाई कांग्रेसले निर्वाचनमा टिकट दिएको थिएन । पक्राउ परेकी महिला भने नेकपा पूर्व कार्यकर्ता रहेको बुझिएको छ ।

तर पार्टीले उनलाई केही महिनाअघि कारवाही गरेको थियो । ‘दुवैजनासँगै बसेर मदिरा पिउँदै पोर्न भिडियो हेरिरहेका थिए । मैले प्रहरीलाई खबर गरेको हुँ, प्रहरी आएर दुवैलाई लगेको छ,’ ती महिलाका श्रीमानले भने ।

महिलाका श्रीमानले दिएको उजुरीपछि इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ । दुवैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Logo