बसमा युवतीको सामूहिक बलात्कार गर्ने ४ जना पक्राउ

बसमा युवतीको सामूहिक बलात्कार गर्ने ४ जना पक्राउ


इटहरी,

बसमा सामूहिक बलात्कार गरेको आरोपमा इटहरी प्रहरीले चार जनालाई पक्राउ गरेको छ। सोमबार राति ९ः३० वजेको समयमा धरानबाट विराटनगर तर्फ छुटेको को १ ख ४६२७ नं. को वसमा सवार २२ वर्षीया युवतीलाई इटहरीमा सामूहिक करणी गरेको आरोपमा प्रहरीले बसका स्टाफलाई पक्राउ गरेको हो।

जर्वरजस्ती करणीमा संलग्न मोरङ सुन्दरहरैँचा वडा नं. १२ का ३३ वर्षीय बस चालक बिकास कसाई, झापा सुरुङ्गा वडा नं. ४ का २२ वर्षीय सुरज थापा, सिरहाका २६ वर्षीय सुरेन्द भुजेल र बेलबारी वडा नं. ७ का आशिष कार्की पक्राउ परेका हुन् । घटनामा संलग्न रहेको आरोप लागेका बेलबारीका नितेश घिमिरे र सुमन मग्रान्ती फरार छन् ।

बसका कन्डक्टर सुमन र पूराना कन्डक्टर नितेशले जर्वरजस्ती रक्सी समेत खुवाई युवतीलाई बसको पछाडिको सिटमा लगि बोल्न कराउन समेत नदिई सोही वसका स्टाफ तथा अन्य वसका स्टाफ मिलेर सामूहिक करणी गरेको इलाका प्रहरी कार्यालय इटहरीद्दारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ। बसमा स्टाफबाहेक युवती मात्रै सवारी भएको मौका पारेर जर्वरजस्ती करणी भएको इटहरीका प्रहरी निरीक्षक रमेश बस्नेतले जनाए। इटहरीको विराटलाइनमा रहेको साथी फूयँल पट्रोल पम्प नजिकै युवती बसबाट ओर्लन खोज्दा सामूहिक करणी भएको प्रहरीले जनायो।
नागरिकबाट

Logo